कुलमानको चमत्कार: विद्युत प्राधिकरणको वार्षिक नाफा ११ अर्ब नाघ्यो

काठमाडौं, १ भदौ । नेपाल विद्युत् प्राधिकरण हाल नाफामा रहेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ४ वर्ष अघिसम्म ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण अहिले नाफामा मात्रै होइन पूर्वाधारमा समेत लगानी गर्न सक्ने भएको कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले आर्थिक वर्ष २०७६।७७ मा ११ अर्ब रुपैयाँ खुद नाफा गरेर विद्युतको पूर्वाधारमा लगानी गर्न सक्ने भएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७२।७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ संचित घाटामा रहेको प्राधिकरण हाल ५ अर्ब संचित नाफा कमाउन सफल भएको छ ।

त्यस्तै विद्युत चुहावट पनि १० प्रतिशत हाराहारीले घटेको उनले बताए । आर्थिक वर्ष २०७२।७३मा २५ दशमलव ७८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६, ७७ मा १५ दशमलव २७ प्रतिशतमा सीमित गर्न सफल भएको बताए । यसले प्राधिकणको वित्तिय सुधारमा सहयोग पुगेको उनले जनाकारी दिए । विद्युत खपतको रुपमा हेर्ने हो भने चार वर्ष अघिको तुलनामा विद्युतको पहुचनै २३ प्रतिशतले बढेको छ । प्रतिव्यक्ति वार्षिक विद्युत खपत त्यो समयमा १ सय ३१ युनिट रहेकोमा अहिले २ सय ६० युनिट पुगको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति