गण्डकी प्रदेशसभा कांग्रेसको अवरुद्ध

गण्डकी, १ भदौ । गण्डकी प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको बेवास्ता गरिएको भन्दै काँग्रेसले बैठक अवरुद्ध गरेको हो ।

त्यस्तै काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम बाँडफाँडमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरिएको भन्दै सो विभेद हटाइनुपर्ने पनि माग गरेको छ ।

यसअघि आइतबार पनि सोही विषयलाई लिएर काँग्रेसले बैठक अवरुद्ध गराएको थियो । आजको बैठक शुरु हुनासाथ काँग्रेसका प्रदेशसभा सदस्य उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गरेका छन् । बैठक अवरोध जारी भएपछि सभामुख अधिकारीले अर्को बैठक भदौ ९ गते १।०० बजेसम्मका लागि स्थगन गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board