उपत्यकामा थपिए १ सय ६८ जना संक्रमित

काठमाडौं, १ साउन । पछिल्लो २४ घण्टामा देशभर ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये उपत्यकामा १६८ रहेका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वरले जनाए अनुसार काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै देशभर ५८१ जना संक्रमित थपिएको उनले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २७ हजार २ सय ४१ पुगेको छ । भने १५९ जना निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति