कोरोना त्रास: वर्कसपहरु १५ दिन बन्द गर्ने निर्णय

काठमाडौं, १ भदौ । कोरोना संक्रमण फैलिँदै गएपछि सवारी साधन मर्मत सम्भार गर्ने व्यवसाय अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने भएको छ ।

अटोमेकानिक्स व्यवसायी संघले सोमबार एक अपिल प्रकाशित गरी एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सवारी साधन मर्मत सम्भारको कामभदौ १५ गतेसम्म बन्द गर्ने जानकारी दिएको छ ।

अत्यावश्यक सेवाका सवारी साधन मर्मत गर्नुपरेमा वर्कसपमा मास्क, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी सुरक्षित तरिकाले काम गर्न संघले वर्कसप व्यवसायीलाई आग्रह गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board