ज्याकलिनले दुई गाउँका १५ सय मानिसको जिम्मा लिईन्

बलिउडा – नायिका ज्याकलिन फर्नान्डेजले महाराष्ट्रका २ गाउँका १५ सय ५० मानिसको जिम्मा लिएकी छिन् । ज्याकलिनले आफ्नो जन्मदिनको अवसर पारेर उनीहरुको जिम्मा लिएकी हुन् ।

उनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसको जिम्मा ३ बर्षका लागि लिएकी हुन् । ज्याकलिनले ३ बर्षसम्म गाउँमा रहेका १५ सय बढी मानिसहरुका लागि खानेकुराको व्यवस्था गर्ने बताईएको छ । ज्याकलिनको अनुसार यो गाउँका मानिसहरु आधारभुत आवश्यकताबाट बन्चित रहेको छ ।

उनले भारतीय मिडियामा गाउँका धेरै बच्चाहरु कुपोषणको शिकार भएको बताएकी छिन् । उनले बच्चाहरुका लागि पोषिलो खानाको व्यवस्था गर्ने बताएकी छिन् ।

यस्तै, उनले गाउँमा जनचेतनामुलक कार्यक्रम समेत संचालन गर्नेछिन् । गाउँमा जन्मिएका नयाँ बच्चाहरुलाई के खुवाउने भन्ने बिषयमा उनीहरुका आमाहरु अनविज्ञ रहेको भन्दै ज्याकलिनले उनीहरुका लागि चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताइन् ।

उनका अनुसार, गाउँमा २० वटा किचेन तयार गरिनेछ । जहाँबाट महिला, बच्चाहरुले पोषिलो खानेकुरा पाउनेछन् । बलिउड कलाकारले सामाजिक काममा पनि आफूलाई समर्पित गर्दै आएका छन् । कलाकारहरुले कोरोनाको कारण उत्पन्न परिस्थितीले समस्यामा परेका मािनसहरुका लागि मन खोलेर काम गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board