रुपन्देही,१ भदौ । रुपन्देही सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षीय विकास जैसवाल घरको छतबाट खसेर मृत्यु भएको छ । आफ्नो घरको तीन तल्लामाथि बसेर फोनमा बोल्दाबोल्दै अचानक खस्दा घाइते भएका जैसवालको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले घाइते भएका जैसवाललाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको र उपचारको क्रममा मृत्यु भएसंगै घटनाबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको जानकारी दिए ।
COMMENTS