थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

जनकपुरधाम, १ भदौ । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषामा आज ६५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाकाले मिडियालाइ जानकारी दिएका छन् । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो ।

धनुषामा योसँगै कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board