जग्गा पास–नामसारी अब स्थानीय तहबाटै, रोक्का–फुकुवा गर्ने काम इमेलबाटै !

काठमाडौं १ भदौ । जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई दिने प्रकृया शुरु भएको छ ।

जग्गा नामसारी, लिखत पारित, लालपुर्जा वितरण लगायतका काम स्थानीय तहबाटै हुने व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले काम शुरु गरेको हो । त्यसैगरी जग्गा रोक्का र फुकुवाको काम इमेलबाट समेत हुनेछ ।

यसका लागि कानुनहरु संशोधन गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन भएको विभागका महानिर्देशक शेष नारायण पौडेलले बताए । समितिको प्रतिवेदन अनुसार मालपोत ऐन संशोधन हुने पौडेलको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board