प्युठान,१ भदौ । प्युठानमा २५ महिने छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन् ।
सरूमारानी गाउँपालिका १ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट उनलाई पक्राउ गरेर यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
COMMENTS