सुनको भाउ तोलामा दुई सयले सस्तियो

काठमाडौं, १ भदौ । सुनको भाउ सस्तिएको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारकालागि छापावल सुनको प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको छ । आइतबार सुनको भाउ ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारका लागि तेजावी सुनको भाउ ९७ हजार ७ सय तोकिएको छ । चाँदीको प्रतितोला मूल्य अघल्लो दिनको तुलनामा दश रुपैयाँले सस्तिएको छ । सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा मूल्यमा देखिएको उतार चढाबकाकारण मूल्य तलमाथी भईरहेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति