दक्षिण कोरियामा फेरि फैलियो संक्रमण

काठमाडौं, १ भदौ । दक्षिण कोरियामा फेरि कोरोना भाईरसका संक्रमित देखिन थालेको छ । पछिल्लो २४ घण्टामा पाँच महिनायताकै सबैभन्दा धेरै कोरोना भाइरस कोभिड–१९ का नयाँ संक्रमित फेला परेका छन् । सोमबार दिइएको जानकारी अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा भेटिएका अधिकांश संक्रमितको सम्बन्ध साराङ जेइल चर्चसँग जोडिएको छ । यो चर्चका पास्चर राष्ट्रपति मुन जाइ इनका आलोचकको रुपमा देखिँदै आएका छन् ।

यसअघि दक्षिण कोरियामा सिन्चेओन्जी चर्च अफ जेससबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । यो चर्चबाट पाँच हजार दुई सयभन्दा धरैमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो ।

दक्षिण कोरियामा गत मार्चपछि पहिलोपटक एकैदिन दुईसयभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । यससँगै दक्षिण कोरियामा कोरोना भाइरका समग्र संक्रमितको संख्या १५ हजार ३१८ पुगेको छ ।

दक्षिण कोरियाको राजधानी सहर सोलको नगरस्तरीय सरकारले दिएको जानकारीअनुसार साराङ जेइल चर्चबाट कोरोना भाइरस सरेका १९३ नयाँ संक्रमित फेला परेका हुन् ।

राष्ट्रपति मुनले कोरोना संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । स्वास्थ्य अधिकारीहरुले चर्चका सबै चार हजार ६ सय मानिसको कोरोना परीक्षण गर्न गइरहेका छन् ।

राष्ट्रपति मुनले सिन्चेओन्जी चर्चमा कोरोना भाइरसको संक्रमण देखिएपछिको यो सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् । यस महिनाको सुरुमा सिन्चेओन्जी चर्चका नेता ली मान ही पक्राउ परेका थिए । उनीमाथि समूहका मानिसहरु र भेला भएका मानिसहरुको सूचना लुकाएको आरोप थियो । बीबीसी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति