कोलम्बियामा सशस्त्र आक्रमणमा ९ जनाको मृत्यु

कोलम्बिया,१ भदौ । पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिए । गभर्नर जोन रोजाले पश्चिमी कोलम्बियाको सामानिगो नगरपालिकामा नयाँ हिंसाको सो रुप देखिएको बताए ।

उनले आफ्नो ट्वीटर अकाउन्टमा भन्नुभएको छ कोलम्बियाको सामानिगो नगरपालिकामा भएको पछिल्लो पटक आइतबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते भएका छन् ।

उनले गएको दुई महिना यता त्यहाँ यस्तै हमला भएका र त्यसमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उनले सो क्षेत्रमा हिंसा मच्चाउने सशस्त्र समूहहरुको उपस्थिति रहेकोले त्यहाँ हिंसा जारी रहेको भन्दै आवश्यक कारबाहीका लागि कडा कदम उठाउन प्रहरीलाई भनिएको पनि बताए ।

तर सो क्षेत्रमा कुन समूह र के उद्देश्यले त्यहाँ उपस्थित भएका हुन् र किन हिंसा मच्चाइरहेका छन् भन्ने बारेमा भने उहाँले केही बताएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board