इपानको अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत

काठमाडौं, १ भाद्र । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था नेपाल (इप्पान) को अध्यक्षमा कृष्ण आचार्य सर्वसहमतिबाट चयन भएका छन् ।

गत चैतदेखि पटक पटक विवादको कारणले नयाँ कार्य समिति चयन स्थगित हँुदै आएको इप्पानमा आइतबार आचार्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । आइतबार राती घोषणा भएको नयाँ कार्यसमितिको उपाध्यक्षत्रयमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी तथा महासचिवमा गोरे शेर्पा छन् ।

त्यसैगरी सचिवत्रयमा भरतबहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य र कोषाध्यक्षमा आनन्द चौधरी रहेका छन् । यस्तै, सदस्यहरुमा भरत खड्का, प्रकाश दुलाल, उत्तम ब्लोन, भरत लामिछाने थापा, कविता पोखरेल र अभिज्ञा मल्ल छन् ।इप्पानका लागि आचार्य र सुर्य अधिकारी नेतृत्वको समूहले छुटाछुटै प्यानल बनाएर अघि बढेपनि विवादको कारण स्थगित भएसँगै दुई पक्षले सर्वसहमतबाट नेतृत्व चयनका लागि उम्मेदवारी फिर्ता लिएका थिए भने सर्वसहमतिका लागि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा ज्ञानेन्द्रलाल प्रधान, केशबबहादुर रायमाझी, धु्रर्व उप्रेती र अर्जुन गौतम सम्मिलित समिति बनाइएको थियो ।

समितिले पटक पटक छलफलपछि आइतबार राती मात्र नयाँ कार्य समिति चयन गरेर सार्वजनिक गरेको हो । विवादको कारणले १८ औ साधारणसभाले नयाँ नेतृत्व चयन गर्न नसकेपनि दुवै पक्षको सहभागितामा बनेको नयाँ कार्य समिति घोषणा कार्यक्रममा नव निर्वानिर्वाचित अध्यक्ष आचार्यले सबै पक्षलाई समेटेर ऊर्जा उत्पादकहरुको हितका लागि सकृय हुने बताए ।

बिन्दवासिनी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष आचार्य निर्माणाधीन १ सय ५५ मेगावाटको धुन्साखोला (तेह्रथुम), ४८.८ मेगावाटको खिम्ति–२ (दोलखा), २० मेगावाटको लाङटाङखोला (रसुवा) र व्यवसायिक उत्पादनमा रहेको मोदी खोला–१ (पर्वत) हाइड्रो पावरसँग सम्बद्ध छन्। आचार्य २०६३/०६३ को जनआन्दोलनपछि गठित अन्तरिम संसदमा उद्योगी–व्यवसायीका तर्फबाट सांसदसमेत बनेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति