भारतमा ५१ हजार बढीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, १ भाद्र ।  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको छ ।यस्तै भारतमा एकैदिन ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ५८ हजार १०८ जना संक्रमित भएसँगै सोमबारसम्म भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १९ लाख १८ हजार ७६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार १९५ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति