उपत्यकामा १७२ सहित देशभर ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं, ३२ साउन । गत २४ घण्टामा नेपालमा थप ६४१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएको हो ।

यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकामा १७२ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।

मृत्यु हुनेको संख्या कति ?
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ ।

त्यस्तै, सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,६६० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार अहिले ९,२२१ जनामा सक्रिय सङ्क्रमण छ भने १७,३३५ जना भाइरसमुक्त भएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board