नेपाल प्रहरीका दुई डीआईजीलाई कोरोना संक्रमण

काठमाडौं, ३२ साउन । नेपाल प्रहरीका दुई डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्रोतका अनुसार अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो नेपाल प्रहरीका एक उच्च अधिकृतले पुष्टि गरेका छन् । हालसम्म अस्पतालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेका छन् । भने, हाल प्रहरी अधिकारीको पीसीआर परीक्षण प्रहरी अस्पतालमै गरिँदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board