थ्रि.डि. भर्सनमा कन्काईष्टले ल्याए ‘यो दिल चोरेर’ (भिडियो)

काठमाडौं — गायक तथा संगीतकार कन्काईष्ट राईको आवाजमा ‘यो दिल चोरेर’ बोलको गीत सार्वजनिक भएको छ । हालै सार्वजनिक गरिएको गीतमा थ्रिडि प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ ।

नेपाली गीत संगीतमा थ्रि. डि.एवं ध्वनी मिश्रणहरुको प्रयोग कमै हुने गरेको छ । एयरफोनको माध्यमबाट उक्त गीतलाई सुन्दा निक्कै आनन्द र सांगितिक अनुभुति हुनेछ । गायक कन्काईष्टले थुप्रै चर्चित गीतहरु बजारमा ल्याईसकेका छन् ।

मीन विष्टले संगीत मिक्सिङ मास्टर गरेको उक्त गीतलाई थ्रि. डि. नेपाली म्युजिक ल्यावको फेसबुक पेज मार्फत सार्वजनिक गरिएको हो भने भिडियोमा विष्ट स्वयंमले नै दृश्य परिकलपना समेत गरेका हुन् ।

गीतकार अर्जुन पौडेलको शब्द रचना रहेको यस गीतलाई संगीत संयोजन अर्थात ऐरेन्जर कुमार थापा मगरले गरेका छन् भने गीतका रेकर्डिष्ट रोवर्ट सुव्वाले गरेका हुन् ।

गीत सुन्न यहाँ क्ल्कि गर्नुहोस्

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board