च्याम्पियन्स लिग फुटबलः म्यान्चेष्टर सिटी प्रतियोगिताबाट बाहिरियो

काठमाडौं, ३२ साउन । म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । गएराति क्वार्टरफाईनलको खेलमा फ्रान्सेली क्लब लियोनसंग ३–१ ले पराजित हुँदै सिटी प्रतियोगिताबाट बाहिरिएको हो । खेलको २४ औं मिनेटमा म्यासवेल कोर्नेटको गोलमा लियोनले सुरुवाती अग्रता बनाएको थियो । केभिन डी बु्रईनले ६९ औ मिनेटमा सिटीका लागि बराबरी गोल फर्काए ।

डिबक्स भित्र रहिम स्टर्लिङले उपलब्ध गराएको पासमा बु्रईनीले दाँया भाग च्याप्दै गोल गरेका थिए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेम्बेलेले लियोनलाई जित दिलाउने काम गरे । सेल्टिकका पूर्व फरवार्ड डेम्बेले खेल सकिन ११ मिनेट अघि लियोनलाई २–१ ले अघि बढाए । सिटीले बराबरी गोलका लागि निकै प्रयास गरेको थियो ।

ग्याब्रियल जिससको क्रसमा अनमार्क रहेको स्टर्लिङले बललाई पोस्टको दिशा दिन सकेनन् । स्टर्लिङको सोही गल्तीले सिटीलाई च्याम्पियन्स लिगबाट बाहिर पठाउन पर्याप्त बन्यो । खेल सकिन तीन मिनेट अघि डेम्बेलेले ब्यक्तिगत दोस्रो गोल गर्दै लियोनको जित सुनिश्चित गरे । लियोनले अब सेमिफाईनलमा जमर्न क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board