धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, ३२ साउन । धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार उपचारका क्रममा विराटनगर २ तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएका हो । यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए अनुसार उनको राति करिब १२ : ३० मा मृत्यु भएको हो । विराटनगरको न्यूरो अस्पतालले शनिबार राति उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि धरान रेफर गरेको थियो ।

फोक्सो, मुटुु र थाइरोइडको समस्या रहेकी महिलाको दिल्लीमा मुटुको उपचार पनि भएको थियो । पछिल्लो ४(५ दिनदेखि अत्यधिक ज्वरो आउने, खोकी लाग्ने तथा श्वास फेर्न समस्या भएपछि आफन्तले अस्पताल लगेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board