चितवनमा एकैदिन २८ जनामा कोरोना संक्रमण

काठमाडौं, ३२ साउन । चितवनको भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति ४७४ नमूना परीक्षणमा एकैदिन २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्। कोरोना पोजेटिभ देखिनेहरु २२ दखि ५३ वर्ष उमेर समूहका रहेका छन्।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना रहेको अस्पतालले जनाएको छ । भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर सेन्ट्रल अस्पतालबाट कन्ट्याक ट्रेसिङ्बाट गरिएको स्वब संकलनबाट भरतपुर महानगरपालिका वडा नं।३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिला रहेका छन्। पुरुषहरू २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन्। त्यसैगरि खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। उनीहरु दुबै जना क्वारेन्टिनमा थिए। यस्तै भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति