अमेरिकामा कोरोनाबाट १ लाख ७२ हजारको मृत्यु, ५५ लाख बढी संक्रमित

काठमाडौं, ३२ साउन ।  अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार ५४६ पुगेको छ ।

यस्तै एकैदिन थप ५० हजार ४६१ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५५ लाख २६ हजार ७२७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २८ लाख ९७ हजार ७९४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ५६ हजार ३८७ जनामध्ये १७ हजार १८६ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति