देउवालाई निधिको आग्रह: म सभापतिमा उठ्ने हो, सहयोग गर्नुस्’

काठमाडौं ३१ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी भएसँगै पछिल्लो समय नेताहरुबीच पार्टी सभापतिको लागि दौडधुप बढेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा आफू सभापति उठ्ने जानकारी गराएका छन् । कांग्रेसका उपसभापति विमलेन्द्र निधीले सभापति शेरबहादुर देउवालाई भेटर आफुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले बिहिबार देउवालाई बुढानिलकण्ठ निवासमा भेटेको बताइएको छ । उक्त भेटघाटमा निधिले देउवालाई भने तपाईं अब अभिभावक भएर बस्नुस्, म सभापतिमा उठ्छु, सहयोग गर्नुस् । स्रोतका अनुसार उक्त भेटघाटमा उनले देउवालाई आफु सभापतिको उम्मेदवार बन्ने र अबको महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

निधीको भनाइ उधृत गर्दै एक नेताले भने १५ औं महाधिवेशनसम्म त म पनि ७० वर्ष पुग्छु, त्यसैले यसै पटक मलाई छोडिदिनुस्, फेरि पनि तपाई आफैं उठ्ने कुरामा पुनर्विचार गर्नुस् ।

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, डा। शेखर कोइराला लगायतका नेताहरु उम्मेदवारमा उठ्ने तयारी गरेको बताइएको छ । अहिले पनि महाधिवेशन नजिकिँदै जाँदा विभिन्न समूहहरू मिलेर दुई तीन समूह बन्ने अनुमान लगाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board