लिपुलेक विवादपछि पहिलोपटक प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ। शनिबार प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता भएको हो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको बताए। उनले फोन वार्ताका बारेमा परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्ने तयारी गरिरहेको सल्लाहकार थापा नेपाल पेजलाई जानकारी दिए ।

यसअघि आजै प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत समकक्षी मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थिए।

संवादका क्रममा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । यस्तै लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको पनि ओलीले जानकारी दिएका छन् । लिपुलेक विवादपछि प्रधानमन्त्री तहमा पहिलोपटक वार्ता भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति