कोरोनाविरुद्धको तीन वटा खोप परीक्षणको चरणमा – प्रधानमन्त्री मोदी

काठमाडौं, ३१ साउन ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले, भारतमा कोरोना भाइरसविरुद्ध तीन वटा खोप परीक्षणको चरणमा रहेको बताएका छन् । उनले ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाबाट सम्बोधन गर्दै तीन वटा खोप परीक्षणको चरणमा रहेको र स्वीकृति पाएपछि व्यापक परिमाणमा उत्पादन गर्ने बताए ।]

कोरोनालाई लिएर धेरै मानिसमा चिन्ता बढेको र खोप कहिले बन्छ भन्ने जिज्ञासा भएको भन्दै उनले भारतले तीन वटा खोप परीक्षण गरिरहेको जानकारी दिए ।

कोरोना संक्रमित धेरै भएका देशको सूचीमा भारत तेस्रो र ज्यान गुमाउने देशको सूचीमा चौथो स्थानमा छ । भारतमा अहिलेसम्म २५ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ भने ४९ हजारको ज्यान गएको छ । संक्रमण पुष्टि भएकामध्ये १८ लाख निको भएका र बाँकी साढे ६ लाखको उपचार भैरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board