बागलुङमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

बागलुङ, ३१ साउन । बागलुङमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । शुक्रबार राति २ बजेतिर निसीखोला गाउँपालिका–५ कारी गाउँमा पहिरो जाँदा स्थानीय हिराबहादुर बिकको घर पुरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर विकका १३ वर्षीया छोरा वीरेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको हो ।मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए। सोही पहिरोमा परी ५३ वर्षीया दिलसरा बिक गम्भीर घाइते भएकी छन्। अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति