भारतमा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो, ४९ हजार १३४ जनाकोे मृत्यु

काठमाडौं, ३१ साउन । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ७ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५३२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९९० जनाको मृत्यु भएपछि भारतमा शनिवार विहान सम्म मृत्यु हुनेको संख्या ४९ हजार १३४ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति