काठमाडौं, ३० साउन। ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।
बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि १ भदौदेखि कार्यभार सम्हाल्ने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ग्लोबल आइएमई बैंकमै पुन फिर्ता गराउन पाउदा आफूलाई खुसी लागेको बैंकका अध्यक्ष चन्द्र ढकालले बताए । बैंक थप मजवुद बन्ने उनले विस्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक अधिकांश सूचकका आधारमा नेपालकै ठूलो बैंक हो । दुई ठूला बैंकहरु ग्लोब आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको यस बैंकको कार्यकारी नेतृत्व पर्शुराम कुंवरले गरीरहेका थिए । कुंवरले राजिनामा दिए पछि रिक्त रहेको सीईओ पदमा बज्रचार्यलाई लगिएको हो । बज्रचार्य लामो अनुभव भएका बैंकर हुन् ।
उनी यस अघि सनराइज बैंकको सीईओ थिए । सनराइज बैंक भन्दा अगाडि उनी ग्लोबल आइएमइ बैंककै प्रमुख कार्यकारी अधिकृत थिए । २० बर्षभन्दा बढी राष्ट्र बैंकमासमेत काम गरिसकेका बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट समेत हुन् ।
COMMENTS