कोरोनालाई नाकमा नै रोक्ने इन्हेलर,पीपीईभन्दा बढी सुरक्षीत

काठमाडौं,३० साउन । अमेरिकी वैज्ञानिकहरुले यस्तो इन्हेलर बनाएका छन्, जसले कोरोना रोक्नमा पीपीईभन्दा बढी सुरक्षा दिनेछ । यो जेनेटिकल्ली मोडिफाइड गरेर कोरोनालाई रोक्नका लागि विकसित गरिएको हो । यो एन्टीबडीको सुक्ष्मरुप हो र यो अधिक संख्यामा बनाउन सकिन्छ । न्यानोबडीको खोज सन् १९८० मा बेल्जियमको ल्याबमा गरिएको थियो ।

यो दाबी क्यालिफोर्निया विश्वविद्यालयकका शोधकर्ताहरुले आफ्नो अध्ययनमा गरेका छन् । यो इन्हेलरलाई ‘एरोन्याब्स’ नाम दिइएको छ जसलाई प्रयोग गर्न नाकमा स्प्रे गर्नुपर्नेछ ।शोधकर्ताहरुले यो नाकको स्प्रेलाई आम मानिससम्म पुर्याउन उत्पादक कम्पनीसँग करार गर्दैछ । चाँडै यसको मानिसमाथिको परीक्षण सुरु हुने विश्वास गरिएको छ । इन्हेलरमा रहेको न्यानोबडीलाई ल्याबमा तयार गरिएको हो । ल्याबमा गरिएको प्रयोगका दौरान कोरोनाको संक्रमण शरीरमा फैलिनबाट रोक्न एन्टीबडीले काम गर्ने देखियो । एन्टीबडीजस्तै न्यानोबडी पनि प्रोटिनबाट बनेको हुन्छ ।

शोधकर्ताका अनुसार जब कोरोना संक्रमण फैलिनका लागि आफ्नो स्पाइक प्रोटिन मानिसको एसीईटू रिसेप्टरमा जोड्छ, यो न्यानोबडीले त्यहीँ प्रोटिनलाई रोक्नछ । यसरी भाइरस एसीईटू रिसेप्टरसँग जोडिन पाउँदैन र संक्रमण हुँदैन । एसीइटू रिसेप्टर मानिसको कोशिकाको सतहमा पाइन्छ, यो कोरोना संक्रमणको इन्ट्री प्वाइन्ट हो ।

यो इन्हेलरमा विशेष प्रकारको न्यानोबडी रहेको छ जुन एन्टीबडीबाट तयार गरिएको हो । यो एन्टीबडी लामा र ऊँट जस्ता जनावरमा पाइन्छ जसले शरीरलाई प्रतिरोधात्मक क्षमता दिन्छ । शोधकर्ता आशिष मांगलिका अनुसार शोधकर्ताले प्रयोगशालामा २१ न्यानोबडी विकास गरेका छन् जुन कोरोनाविरुद्ध काम गर्न सक्छ ।

शोधकर्ता पीटर वाल्टरका अनुसार जबसम्म खोप बन्दैन, त्यतिबेलासम्म एरोन्याब्स भाइरसबाट बच्ने सुरक्षित विकल्प हुनसक्छ । सार्स महामारीको दौरान पनि कोरोनाभाइरसलाई निश्क्रिय गर्न न्यानोबडी तयार गरिएको थियो । यदी यसले आशाअनुरुप शतप्रतिशत काम गरे यो महामारीलाई रोक्न निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board