कोरोना अपडेटः थप ५९४ जनामा संक्रमण, मृत्यु हुनेको संख्या ९९ पुग्यो

कामठाडौं, ३० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाईरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २४० रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफ्रिङमार्फत जानकारी दिए ।

उपत्यकामा ११९ जनामा संक्रमण
काठमाडौं उपत्यकामा शुक्रबार ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतले जानकारी दिए ।

मन्त्रालयले संक्रमितहरु कहाँका हुन् भन्ने खुलाएको छैन । शुक्रबार देशभरमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेको संख्या कति ?
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ९९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ७,९१३ जनामा सक्रिय सङ्क्रमण छ भने १७,०७७ जना भाइरसमुक्त भएका छन्।

यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको मन्त्रालयको तथ्यांक छ ।

यस्तै आज ११ हजार ५७५ पीसीआर भएको मन्त्रालयले जनाएको छ । हालसम्म ४९४,६१३ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। अहिले देशभरि क्वारन्टीनमा १४,६३८ जना छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board