लिखु-तामाकोसी गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं, ३० साउन । रामेछापस्थित लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ गरेको हो ।

खड्कालाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले मिडियामा जनाए अनुसार उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

खड्का तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष हुन् । तर, हाल उनलाई नेपाल कम्युनिस्ट पार्टी नेकपाले निलम्बन गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति