मुखर्जीको छोरीले भनिन् – ‘पिताको अवस्थाबारे गलत हल्ला चलाईयो’

नयाँ दिल्ली, ३० साउन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब नरहेको उनको परिवारजनले दाबी गरेका छन् । उनको अवस्था अन्त्यन्त नाजुक रहेको हल्ला चलिरहेका बेला उनकी छोरी शर्मिस्था मुखर्जीले अवस्था जटिन नरहेको शुक्रबार दाबी गरेकी छिन् ।

उनका अनुसार पूर्वराष्ट्रपति मुखर्जीको अवस्थामा सामान्य सुधार भएको छ र आँखाको तेज र प्रतिक्रिया बढेको छ । उनीले आफ्ना पिताको स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति कृतज्ञतापनि व्यक्त गरेकी छिन् ।

“पछिल्लो दुई दिनदेखि मेरा पिताको स्वास्थ्य अवस्थाका बारेमा गलत हल्ला चलाइएको छ, पर्याप्त सुचना तथा जानकारी विना चलाइएका त्यस्ता हल्लामा कुनै सत्यता छैन, त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

धेरै जनाले गहिरो प्रार्थना गरेकाले त्यसैको शक्तिमा आफ्ना पिताको अवस्थामा सुधार हुदै आएको उनको भनाई छ । उनले भगवानसँग अझै प्रार्थना गरिरहन आग्रह गर्दै प्रार्थना र उपचारले आफ्ना पितालाई पुरै निको हुने विश्वास पनि व्यक्त गरेका छन् ।

नयाँ दिल्ली स्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पताल श्रोतले भने उनको अवस्था स्थिर रहेको जानकारी दिएको छ । अस्पतालले मुखर्जीलाई भेन्टीलेटरको सहयोगमा सघन उपचार गराईरहेको जनाएको छ । उनलाई केही दिन अगाडी कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति