पाकिस्तानको ७४ औँ स्वतन्त्रता दिवस, राष्ट्रिय झण्डा फहराइए

काठमाडौँ, ३० साउन । पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराइएको छ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले झण्डोत्तोलन गर्दै राष्ट्र निर्माणमा राष्ट्रपिता मोहम्मद अलिजिन्हाले गरेको योगदानको स्मरण गरे ।

त्यसअघि राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेका बेग्लाबेग्लै सन्देश वाचन गरिएको थियो । यसै अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दिनुभएको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो । झण्डोत्तोलन समारोहमा दूतावासका कर्मचारी, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घका पदाधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति