अज्ञात समूहद्वारा मोटरसाइकलमा आगजनी

गुल्मी,३० साउन । गुल्मीमा अज्ञात अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा आगो लगाइएको हो ।

लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा गए राति करीब २ बजे आगो लगाइएको पन्थीले बताए। पन्थीटोलमै बनाइएको तरकारी सङ्कलन केन्द्रको भवनको ताला तोडेर मोटरसाइकल बाहिर निकाली आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडा पुनले जानकारी दिए ।

घटनाका विषयमा प्रहरीले मुचुल्का उठाएको र थप अनुसन्धान भइरहेको पुनले बताए । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ । यसअघि गत असार १७ गते भवनबाटै पन्थीको मोटरसाइकल निकाली बाटामा फालिएको थियो भने त्यसको एक हप्तापछि उनको बारीको तरकारीको बिरुवामा क्षति पु¥याइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board