सिन्धुपाल्चोकको लिदीमा पहिरो गएपछिको दृश्य [अपडेट]

सिन्धुपाल्चोक, ३० साउन । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।

लिदीमा बिहान ६ बजे गएको पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ ।

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् । कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेको हो । पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्षले जानकारी दिए अनुसार:

बेपत्ता हुनेको सूची
१.छविलाल दोङ २.सोमरानी दोङ ३.धनलक्ष्मी ४.शिरमाया दोङ ५.विवरानी दोङ ६.साहिँली दोङ ७.बिबी लक्ष्मी ८.सानुकान्छा ९.साङलामो दोङ १०सोनाम दोङ ११.हिरा भक्ति १२.जीते झाँक्री १३.सानुकान्छी दोङ(गर्भवती) १४.दिन्दुस दोङ १५.सुरज दोङ १६.करेसमाई दोङ १७.च्यामा दोङ १८सानु दोङ १९.टीकामाई दोङ २०.छिरिङ दोङ २१.मानबहादुर दोङ २२.जयबहादुर दोङ २३.प्रिया दोङ २४.प्रीति दोङ २५.कान्छी दोङ २६.सानुकान्छी दोङ २७.वाङ्ची लामा दोङ २८.धनमाया तामाङ दोङ २९.रेनिस दोङ ३०.मेकमाई दोङ ३१.मिलन दोङ ३२.विमला दोङ ३३.माइला पराङ ३४.प्रकाश दोङ ३५.साइली दोङ ३६.आयुश दोङ ३७.सुवास तामाङ ३८.टीकामाई दोङ

तस्विरमा हेर्नुहोस्

यो पनि…
लिदी पहिरोः चार सिकिस्त घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति