चार बर्षका लागि ह्वाइट हाउसः ट्रम्प कि बाइडन ?

अमेरिका – जो बाइडन सन् १९७० को दशकदेखि राजनीतिमा सक्रिय छन् भने, सन् २००९ देखि सन् २०१७ सम्म बराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए । अमेरिकामा यतिबेला २०२० को निर्वाचन नजिकिँदैछ । निर्वाचन नजिकिँदै गर्दा कसले निर्वाचन जित्छ त ? यतिबेला चर्चा र चासो बढेको छ ।


मत सर्वेक्षण कम्पनीहरूले मतदाताहरूले कुन उम्मेदवारलाई रुचाएका छन् भनेर सोधिरहेका छन्। अमेरिकी मतदाताले आगामी नोभेम्बर २ मा डोनल्ड ट्रम्प र जो बाइडनमध्ये कसलाई आगामी चार वर्षका लागि ह्वाइट हाउस पठाउने भनेर निर्णय गर्नेछन्।

रिपब्लिकन पार्टीबाट निर्वाचित पदासीन राष्ट्रपति ट्रम्पसँग डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन प्रतिस्पर्धा गर्दैछन्।

कस्तो छ उम्मेदवारहरूको स्थिति ?
सन् २०१६ को निर्वाचनलाई उदाहरणार्थ लिंदा हिलरी क्लिन्टन मतसर्वेक्षणमा अगाडि थिइन्। डोनल्ड ट्रम्पले भन्दा उनले झन्डै ३० लाख बढी मत पाइन्। तर उनी पराजित भइन्। किनभने अमेरिकामा इलेक्टरल कलेज अर्थात् निर्वाचक मण्डल प्रणालीबाट निर्णय हुन्छ। त्यसैलै धेरै मत आउँदैमा निर्वाचन जितिन्छ भन्ने छैन।

देशव्यापी मतसर्वेक्षणहरूमा वर्षको अधिकांश समय डोनल्ड ट्रम्पभन्दा जो बाइडन अगाडि देखिएका छन्।राष्ट्रिय मत सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियता बुझ्न सघाउँछन्। तर तिनकै आधारमा निर्वाचनमा को विजयी हुन्छ भनेर पूर्वानुमान गर्न उचित हुँदैन।

केही सातायता ५० प्रतिशत मतदाताले उनलाई रुचाएको देखिएको छ। कहिलेकाहीँ त उनी १० अङ्कले अग्रता लिन्छन्। यसविपरीत सन् २०१६ मा सर्वेक्षणहरू त्यति धेरै स्पष्ट थिएनन्। निर्वाचनको दिन नजिकिँदै गर्दा बेलाबेलामा ट्रम्प र क्लिन्टनबीच केवल दुई प्रतिशतको भिन्नता देखिएको थियो।

निर्वाचनको छिनोफानो गर्ने राज्य
गत निर्वाचनमा क्लिन्टनले मतको सङ्ख्याभन्दा स्थान महत्त्वपूर्ण हुने पत्तो पाइन्। अधिकांश राज्यमा सधैँ उसैगरी मतदान हुन्छ। अर्थात् केही सीमित राज्यमा दुवै उम्मेदवारसँग जित्ने सम्भावना हुन्छ। ती राज्यसँग कसलाई जिताउने र कसलाई हराउने क्षमता हुन्छ। तिनलाई ुब्याटलग्राउन्ड स्टेटु अर्थात् कडा प्रतिस्पर्धा हुने राज्य भनिन्छ।

अमेरिकामा इलेक्टरल कलेज प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन हुन्छ। सबै राज्यलाई तिनको जनसङ्ख्याका आधारमा केही मत दिइएको हुन्छ। यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ। निर्वाचन जित्न उम्मेदवारले २७० मत बटुल्नुपर्छ। माथिको नक्साले सङ्केत गरे जस्तै कडा प्रतिस्पर्धा हुने केही राज्यसँग अन्यत्रभन्दा निर्वाचक मण्डलको धेरै मत हुन्छ। तसर्थ उम्मेदवारहरूले प्रायः ती राज्यमा लामो समय निर्वाचन अभियान चलाउँछन्।

त्यस्तै, अहिले ब्याटलग्राउन्ड भनिने राज्यहरूमा जो बाइडनको स्थिति राम्रो देखिएको छ। तर अझै समय बाँकी छ र स्थिति तीव्र गतिमा फेरिन सक्छ। झन् डोनल्ड ट्रम्प आफैँ संलग्न भएको निर्वाचनमा।

सर्वेक्षणहरूका अनुसार मिशिगन, पेन्सलभेनिया र विस्कन्सनजस्ता तीन औद्योगिक राज्यमा बाइडनसँग ठूलो अग्रता छ। गत निर्वाचनमा त्यहाँ ट्रम्प एक प्रतिशतभन्दा कम मतान्तरले विजयी भएका थिए। बीबीसी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board