भारतमा दिनप्रतिदिन भयावह बन्दै कोरोना : एकै दिन ६४ हजार संक्रमित, १ हजार बढीको मृत्यु

काठमाडौँ, ३० साउन । विश्वभर महामारीको रुपमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा दिनप्रतिदिन भयावह बन्दै गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार १४२ भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ६ जनाको ज्यान गएको छ । भारतमा सङ्क्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ ।

यस्तै कोरोनाका कारण ४८ हजार १४४ जनाको ज्यान गएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

भारतमा अहिलेसम्म १७ लाख ५० हजारभन्दा धेरै निको भएका र ७ लाख ६४ हजारको उपचार भइरहेको छ । जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board