इजरायल-यूएईबीच ऐतिहासिक शान्ति सम्झौता

काठमाडौं, ३० साउन । इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच शान्ति सम्झौता भएको छ ।सम्झौता भएसँगै अब मध्यपूर्वी एसियामा शान्ति बढ्ने दुई देशका नेतृत्वले विश्वास गरेका छन् । यस्तै वेष्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गरेको इजरायलले जनाएको छ । इजरायल र यूएईले यो सम्झौतालाई ऐतिहासिक र शान्तिको दिशामा एउटा सफलता भनेका छन्।

अहिलेसम्म इजरायलको खाडीका अरब देशसँग कुनै कूटनीतिक सम्बन्ध थिएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर दुई देशबीच शान्ति सम्झौता भएको जानकारी दिए । यो सम्झौता गराउन उनले मध्यस्थकर्ताको भूमिका खेलेका थिए ।

उनले ट्वीटमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् । यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले यस्तैखाले सम्झौता गरिसकेका छन्। केही दिनपछि इजरायल र यूएईका प्रतिनिधिहरू द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुनेछ । उनीहरूले लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य सेवा, संस्कृति, वातावरण, दुवैतर्फ दूतावास स्थापना र अन्य द्विपक्षीय फाइदाका विषयमा सम्झौता गर्ने तयारी गरेका छन् ।

सम्झौतापछिको संयुक्त वक्तव्यमा इजरायलले अरु अरब र मुस्लिम देशहरूमा पनि यस्तै सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको र त्यसलाई पूरा गर्न अमेरिका र यूएईले सहयोग गर्ने उल्लेख छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board