चीनद्वारा सन् २०५० सम्म चीनका सबै सहरमा हाइ स्पीड रेल सेवा पुर्‍याइसक्ने घोषणा


बेइजिङ, २९ साउन । रेलवेमा विश्वको दोस्रो स्थानमा रहेको चीन हाइ स्पीड रेलमा विश्वकै पहिलो स्थानमा छ । चीनले सन् २०३५ भित्र ५ लाख जनघनत्व भएका चीनका सबै सहरमा हाइ स्पीड रेल सेवा पुर्‍याइसक्ने घोषणा गरेको छ। प्रस्तावमा आधुनिक रेलवे सञ्जालमा पनि विश्वको पहिलो स्थानमा उक्लिने लक्ष्य चीनले राखेको छ ।

चिनियाँ सञ्चारमाध्यमहरूले जनाए अनुसार चीनको राष्ट्रिय रेलवे ग्रुपले सन् २०३५ र २०५० सम्मको रेल विकासको महत्वाकांक्षी लक्ष्य पेश गर्दै अबको १५ वर्षमा चिनियाँ हाइ स्पीड रेलको सेवा अझै प्रभावशाली हुने बताएका छन् । योजना अनुसार हाइ स्पीड रेलको सुरक्षा, मजबुतीको ग्यारेन्टी, विश्वको अत्याधुनिक रेलवे सेवाको महादेश बन्ने चीनको लक्ष्य राखिएको छ । राष्ट्रिय रेलवे विकास तथा सुधार विभागका उपाध्यक्ष तिन ल्याङले भने, ‘अत्याधुनिक हाइस्पीड रेलमा फाइभ जी र पैतौ नेभिगेसन प्रणालीको संयोजन हुनेछ ।’

सन् २०५० सम्मको रेलवे लक्ष्यमा आधुनिक प्रविधिको प्रयोग, यातायात सुरक्षा तथा दक्षता, हरित पर्यावरण र विश्व प्रतिस्पर्धामा अग्रणी हुने कुरा उल्लेख छ ।
तथ्यांक अनुसार यस वर्षको जुलाई अन्तिम सम्ममा चीनको रेलवे अपरेटिङ माइलेज १ लाख ४१ हजार ४०० किलोमिटर पुगेको छ । यो विश्वको दोस्रो स्थान हो भने ३६ हजार किलोमिटर हाइ स्पीड रेल माइलेजका साथ चीन विश्वको प्रथम स्थानमा रहेको छ । चिनियाँ उद्योग तथा विद्युत मन्त्रालयका सञ्चार निर्देशक मो चसुङले भविष्यमा जडान गरिने ‘सुपर ब्रेन’ प्रविधिले परम्परागत ट्रयाकलाई विस्थापित गर्ने जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board