कोरोना अपडेट: पछिल्लो २४ घण्टामा कति जनाले गुमाए ज्यान ?

काठमाडौं, २९ साउन । कोरोना भाईरस (कोभिड -१९) का कारण पछिल्लो २४ घण्टामा नेपालमा थप चार जनाको मृत्यु भएको छ । कोभिड-१९ बाट मृत्यु हुनेको २२ महिलासहित सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै हालसम्म कुल सङ्क्रमितको सङ्ख्या २४,९५७ पुगेको छ । अहिले ८,०२५ जनामा सक्रिय सङ्क्रमण रहेका छन् । त्यस्तै, १६,८३७ जना कोरोना भाईरसबाट निको भएका छन् ।

उपत्यकामा १२७ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण
नेपालमा थप ५२५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा बिहीबार नेपालमा ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।

मन्त्रालयका प्रवक्त गौतमका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए ।

२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ । हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् । हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board