अयोध्यामा मोदीसँगै पूजा गरेका महन्तलाई कोरोना संक्रमण

काठमाडौं, २९ साउन । अयोध्यामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै राम मन्दिरको भूमि पूजा गरे नृत्या गोपालदासमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। अयोध्यामा गत बुधबार (अगष्ट ५) मा राममन्दिरको भूमि पुजा गरिएको थियो। उक्त पूजामा प्रधानमन्त्री मोदी र गोपालदास एउटै मञ्चमा सहभागी भएको भारतीय द वायर अनलाइनले लेखेको छ।

मञ्चमा गोपालदाससँगै मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगीनाथ आदित्यनाथ, उत्तर प्रदेशकका गभर्नर अनन्दिबेन पटेल र राष्ट्रिय स्वंयसेवक संघका अध्यक्ष मोहन भागवत बसेका थिए। गोपालदासलाई कहिले कोरोना संक्रमण भएको हो भन्ने खुलेको छैन।

भारतीय समाचार एजेन्सी एएनआईले ट्विट गरेको तस्बिरमा गोपालदास प्रधानमन्त्री मोदी र मुख्यमन्त्री आदित्यनाथको बीचमा मास्क नलगाई बसेका देखिएको थियो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले महन्त गोपालदासको स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति