अर्बपति बिल गेट्सः कस्तो लगाउँछन् ‘मास्क’ ?

एजेन्सी – कोरोना महामारीले विश्वभर मास्कको प्रयोग अनिवार्य जस्तै बनिसकेको छ । नाकमुख छोप्ने मास्क नलगाए कतिपय देशहरुले त कारबाही नै नागरिकलाई गर्ने नियम बनाएको छ । आफूलाई संक्रमणको जोखिमबाट बचाउनका लागि घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रहरुमा जाँदा मास्क लगाउनु अनिवार्य नै बनेको छ ।

विश्वमा विभिन्न खालका मास्कहरु बनाएको चर्चा पनि भईरहेको छ । कस्तो मास्क लगाउने र कसरी मास्क लगाउने भन्ने विषयमा अनेक खालका तर्क तथा बहसहरु हुने गरेका छन् । पछिल्लो समय मास्क अनिवार्य बन्दै जाँदा यो फेसन ट्रेण्डसमेत बन्न थालेको छ र अनेक खालका महँगा डिजाइनर मास्क तयार भैसककेका छन् ।

यस्तो अवस्थामा विश्वका सर्वाधिक धनी अर्बपतिहरुले कस्ता मास्क लगाउँदछन् होला ? यो सबैको चासोको विषय हो । माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक तथा विश्वका सर्वाधिक धनी व्यक्तिको दोश्रो स्थानमा रहेका बिल गेट्सलाई उनले लगाउने मास्कको प्रकारका बारेमा हालै सोधियो ।

वायर्डसँगको उक्त अन्तर्वार्ताका क्रममा गेट्सले आफूले लगाउने मास्कका बारेमा खुलासा गरेका छन् । गेट्सले आफूले देख्दा अनाकर्षक लाग्ने तथा सामान्य खालको मास्क लगाउने गरेको बताएका छन् ।

आफूले लगाउने मास्क सर्जिकल मास्क जस्तै रहेको र हरेक दिन पूरानो मास्क फ्याँकेर नयाँ मास्क लगाउने गरेको उनले बताएका छन् । तर कुनै डिजाइनर मास्क वा सिर्जनात्मक डिजाइन सहितको मास्क लगाउनु पर्छ कि भन्ने पनि उनलाई लागेको छ ।

माइक्रोसफ्ट सहसस्थापक बिल गेट्सलाई हाल जारी कोरोना भाइरस महामारी कहिले अन्त्य होला ? भनेर सोधियो । यस विषयमा बोल्दै उनले भ्याक्सिन तथा अन्य विषयमा भैरहेका अन्वेषणहरु उत्साहप्रद रहेको भन्दै विकशित मुलुकहरुमा सन् २०२१ को अन्त्य सम्ममा महामारी नियन्त्रणमा आउने बताए । बिल गेट्सले विश्वभर नै कोरोना भाइरस महामारी अन्त्य हुन भने २०२२ को अन्त्यसम्म कुर्नुपर्ने बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board