सुर्खेतमा थप १८ र वीरेन्द्रनगरका १७ जनालाई कोरोना संक्रमण

सुर्खेत, २९ साउन । सुर्खेतमा पछिल्लो २४ घण्टामा १८ जनालाई कोरोना भाईरसक संक्रमण भएको छ । त्यस्तै सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमहरुको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षण गरिएको हो । वीरेन्द्रनगर नगरपालिका-१० का २०, २५ र २७ वर्षका तीनजना महिला, १, २, ३, २५, २७ र ४६ वर्षका ६ जना पुरुष, वडानम‍्बर-१३ का २२ र २५ वर्षका दुईजना महिला, ६, १३, २०, २७, ३२ र ३८ वर्षका ६ जना पुरुष सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

एक जना संक्रमित भने लेकबेसी नगरपालिका-७ का ४३ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना स‌ंक्रमितको संख्या २०५२ पुगेको छ । हालसम्म प्रदेशमा १९०१ जना डिस्चार्ज र ६ जनाको मृत्यु भएको छ । १४५ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । कर्णालीका अन्य जिल्लामा भने यो अवधिमा संक्रमित थपिएका छैन‍न् ।

यो पनि
मकवानपुरमा थप ३७ जनालाई कोरोना संक्रमण

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board