चीनप्रतिको कठोर रबैया र पतनतर्फ उन्मुख अमेरिकी चुनाव : चीन

अमेरिकी चुनाव नजिकिंदै छ र चिनिया एजेण्डा तात्तिंदै गएकोे छ । मंगलवार आयोजति उक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘जब जो बिडेनले चुनाव जित्नेछन् तब अमेरिकी जनताहरुले चिनिया भाषा सिक्नुपर्ने हुनेछ’ भन्ने बताए । डेमोक्रयाटहरुले चिन प्रति अझ बढी कडा रबैया देखाई रहेकाछन् र चिनले का्रोना भाईरस बिरुद्धको लडाईमा चीनले राम्रो काम गरेको भनि राष्ट्रपति ट्रम्पले धेरै पटक गरेको प्रशंसालाई खिल्ली उडाइरहेका छन् । अमेरिकी चुनावका अगाडि चीनका बिरुद्ध कुन पक्ष बढी कडा बनेको भन्ने देखिने दौड प्रमुख बनेको छ ।

यो घिनलाग्दो कार्य हो । चिनिया आलोचनामा केन्द्रित अमेरिकी चुनाव एउटा कर्कस पोथी स्याल को (भिक्सेन) संस्कृति हो । उच्चतम् राजनीतिक बहसले अन्तराष्ट्रिय राजनीतिको कुनै बिधि र नियमलाई ध्यान दिंदैन, जब कि कसैप्रतिको अनादर र अपराध अभिमानको प्रदर्शन मात्र हो । यो पतन हो ।

This image has an empty alt attribute; its file name is 54f0135d-95d8-4222-9554-e55a3b417e3c-768x461.jpeg
राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाईट हाउस स्थित जेम्स ब्राडी प्रेस ब्रिफिङ कक्षमा मंगलबार आयोजित प्रेस सम्मेलनमा कुराकानी गर्दै । फोटो –एफपी

चिनियाहरु रिसिने छैनन् तर उनीहरुले यो कार्यलाई अचम्मको र नराम्रो भनेर सोच्ने छन् । तिनिहरुले अमेरिकी राजनीतिको शिर्ष सतही छ भन्ने पत्ता लगाउने छन् । दुई राजनीतिक दलहरुको बहस एक अर्काप्रति श्रापले भरिएको छ अन्य देशको मामलाका सन्दर्भमा यो बहस अपमानजनक छ । अमेरिकी संस्कृतिको वैशिष्ठतालाई यहाँ असभ्य तरिकाले प्रयोगमा ल्याइएको छ । हाम्रो सुझाव बेकार छ भन्ने जान्दाजान्दै पनि हामीहरु यी दलहरुलाई सभ्य हिसावले झगडा गर्न र चीनलाई नजोड्न सल्लाह दिन्छौं ।

यी दुई दलहरुको सबै भन्दा ठूलो स्वार्थ चुनाव जित्नु हो र राष्ट्रिय स्वार्थ र चासोलाई पाखा सारेर मान्छेको तुच्छ स्वार्थलाई अगाडि राखेका छन् । कुनै पनि पक्षले १ प्रतिशत पनि आफ्नो चुनावी स्वार्थलाई सार्वजनिक स्वार्थ र हितका लागि खर्चिन इच्क्षुक छैनन् ।

यस्तो कार्यले अमेरिकी सरकारको चिनप्रतिको वास्तविक दृष्टिकोणलाइ चिनियारुले कसरी बुझ्नेछन् भन्ने कुरामा कठिनाई थप्दछ । उनीहरुले प्रयोग गर्ने मध्ये कुन शव्द वासिङ्गटनको वास्तविक नीतिमा परिणत हुनेछ र कुन शव्द उनीहरुले मतादाता आकर्षणका लागि मात्र प्रयोगमा आएको चुनावी वयानबाजीमा मात्र प्रयोग भएको छ ? सत्य के हो भने यो चुनावमा प्रयोग भएको चीन विरोधी चश्मा, चीन–अमेरिका समबन्धलाई अझ बिगार्ने अमेरिकी नयां विचार परिचालन हुन सक्नेछ । अमेरिका सम्बन्धि अध्ययन गरिरहेका चिनिया विद्धानहरुले चुनावपछि वासिङ्गटनको बोली फेरिन सक्ने भए पनि नोक्सानी अपरिवर्तनीय छ र बिग्रिंदो चीन अमेरिका सम्बन्धको गति नउल्टिने चेतावनी दिएका छन् ।


अमेरिकी लोकतान्त्रिक पद्धती हामिहरुले विश्वास गरे जस्तो तर्क संगत र बाध्यकारी छौं । जुन हदसम्म ती द्धीपक्षीय सम्बन्धहरु सामान्य ट्रयाकबाट बिचलित हुन्छन् ती दुई बिचको आदानप्रदान को यथार्थतासंग सामना गर्न सक्दैनन् । चिनप्रतिको अमेरिकी दृष्टिकोण चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार हो भन्ने किसिमको छैन ।

कोरोना भाइरसको महामारी फैलिनु अघिसम्म दुई देश बीच दैनिक दर्जनौ उडानहरु हुने गर्दथे भने बार्षिक लाखौ मानिसहरु एक अर्काको देशमा भ्रमण गर्दथे । अमेरिकामा अध्ययन गर्ने बिद्यार्थीको संख्यामा चिनिया विद्यार्थीको संख्या सबै भन्दा ठूलो छ र हलिवुडका फिल्म प्रदर्शन पनि चीनमा सबै भन्दा बढी हुन्छन् । तर अमेरिकाले केही दशक अगाडि जसरी सोभियत संघलाई हेरे जस्तै चीनका बारेमा कुरा गरिरहेको छ ।

अमेरिकी ढांचाको लोकतन्त्रले चरम बिचारलाई अवसर दिने गर्दछ र उटपट्याङ तथा जोखिम बहन गर्ने उच्च तहको राजनीतिलाई बैधता दिने गर्दछ । रणनैतिक परीक्षण जस्ले विश्वलाई बदल्न सक्दछ, त्यो अमेरिकी जनताको कल्पनामा कम खर्चिलो बन्न सक्दछ । चुनावको दिन भन्दा पहिलेसम्म यी दुबै दलहरुले अमेरिकामा चिनका बिरुद्धको आरोपको व्यापार गर्नेछन् । चिनलाई चुप लागेर बस्न मुस्किल हुनेछ । तर चिनले अत्यधिक प्रतिक्रिया जनायो भने धरापमा फस्नेछ ।

हामी सुभाव दिन्छौं कि चीनले अमेरिकी बक्तव्यद्धारा वासिङ्गटनले बास्तविक के भन्न खोजिरहेको छ भन्ने कुरामा अनुमान गर्न रोक्नु पर्दछ । अमेरिकाले अहिले के गरिरहेको छ भन्ने कुराले केही फरक गर्दैन । जबसम्म यस्ले हाम्रो हितलाई नोक्सान पुर्याउंदैन तबसम्म हामीले यसप्रति कम ध्यान दिने अथवा बेवास्ता गर्ने गर्नुपर्दछ । तर यदि हाम्रो कुटनैतिक गरिमामाथि आंच आउंदछ भने हामीले प्रतिवादका कुनै पनि उपायलाई त्याग्नु हुंदैन ।

बढ्दो अनिश्चतता अमेरिकाको सतहमा चीनले आफ्नो गहन नीतिद्धारा विकास र निर्माणका महत्वपूर्ण क्षमताहरुको निर्णयलाई तिब्रता दिनुपर्दछ । जो सुकैले पद जिते पनि बेजिङ्गप्रति वासिङ्गटनको रणनीतिक शत्रु भावमा कमी आउनेछैन । अमेरिकाले सोचाईमा परिवर्तन ल्याउनेछ भन्ने आशा गर्नु भन्दा चीनले आफ्नो स्वार्थ रक्षाका लागि आफैंमा भर पर्नु पर्दछ ।
स्रोत : ग्लोवल टाईम्स, १२ अगस्त २०२० को सम्पादकीय

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board