कोराना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

काठमाडौं, २९ साउन । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । कोरोनाबाट संक्रमित भएका उनको बिहीबार बिहान नयाँ दिल्लीस्थित उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जनाएको छ ।

उक्त अस्पतालले जनाए अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ । गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी पनि गरिएको थियो । ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको बताएका थिए ।

हिन्दुस्तान टाईम्सका अनुसार उनका परिवारले उनको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन् । उनीहरुले पछिल्लो समय मुखर्जीको स्वास्थ्य अवस्थाबारे धेरै हल्ला फैलिरहेको पनि उल्लेख गरेका छन् । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति