चीनमै रोकिए ‘मालबाहक कन्टेनर’, करोडौं मूल्यका सामान सड्न थाले

काठमाडौं, २९ साउन । तातोपानी र केरुङ भन्सारबाट काठमाडौं आउन लागेका मालबाहक कन्टेनर महिनौंदेखि चीनमै रोकिएका छन् । लामो समयसम्म सामान रोकिदा नेपाली व्यवसायीका करोडौं मूल्यका सामान बाटैमा सड्न थालेका छन् । कन्टेनरमा लोड गरिएका सयौं क्विन्टल स्याउलगायतका खाद्यवस्तु कुहिएर फ्याँकिएको छ ।

तयारी पोसाक, मेसिनरी सामानलगायतका कमर्सियल वस्तु बोकेका दुई हजारभन्दा बढी कन्टेनर तिब्बतको केरुङ र खासामा अलपत्र परेका छन् । नेपाली व्यवसायीले गत पुस–माघमै खरिद गरेका तयारी पोसाक अझै चीनका विभिन्न सहरमा गोदाम गरिएको छ ।

यसबाट व्यवसायीहरू करोडौं रुपैया नोक्सानी व्यहोर्न बाध्य भएका छन् । कोरोना भाइरसको त्रास, पहिरोले सडकको दुरवस्था र तिब्बतको कुतीस्थित ताल फुट्ने हल्लाले चिनियाँ पक्षले कन्टेनरको आउजाउमा रोक लगाउँदा समस्या बढेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board