ट्रम्प असक्षम नेता भएको बाइडेन र ह्यारिसको आरोप

एजेन्सी – अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन र कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्प असक्षम नेता भएको आरोप लगाएका छन् ।

ट्रम्प असक्षम हुँदा अमेरिका ‘धुजाधुजा’ हुँदै गएको उनीहरुले आरोप लगाएका छन् । अमेरिकाको डेलवरस्थित विल्मिङ्गटनमा भएको चुनावीसभामा बोल्दै बाइडेन र ह्यारिसले ट्रम्पको चर्को आलोचना गरेका हुन् ।

पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवार चयन भएलगत्तै गृहराज्य डेलबेयरमा आयोजित प्रचार अभियानमा उनले ट्रम्पको आलोचना गरेकी हुन्। डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार जो बाइडन र उनले संयुक्त रुपमा प्रचारअभियान सुरु गरेका हुन्।

त्यस अवसरमा ह्यारिसले ट्रम्पलाई आफूलाई चुनेर पठाएका जनताको भन्दा आफ्नै चिन्ता रहेको बताइन्। ‘हामीलाई अर्थव्यवस्था, स्वास्थ्य, बालबालिकालगायतको चिन्ता छ, तर ट्रम्पका कारण यी सबै चिज संकटमा छन्,’ उनले भनिन्। जो बाइडनले पनि ट्रम्प इतिहासमै सबैभन्दा बढी आलोचित भएको बताए। उनले कोरोना महामारी, जलवायु परिवर्तन, बेरोजगारी मुद्दामा ट्रम्प विभाजनकारी र नश्लीय भएको भन्दै आलोचना पनि गरे।

पूर्वउपराष्ट्रपति रहेका बाइडेनले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्ने छन् भने ह्यारिसले उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति