रोजगारीका लागि बाध्यताले बाहिर जाने स्थितिलाई अन्त्य गर्छौं: प्रधानमन्त्री

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि बाध्यताले बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकारले काम गरिरहेको बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन करोड जनसंख्या भएको देशका २६ लाख युवा बाहिर हुनु खुसीको कुरा नभएको बताए । उनले युवाहरुलाई अगाडि बढ्न आग्रह गर्दै सरकार साथमा रहेको, साथ सहयोग र अवसर उपलब्ध गराउन सरकार दत्तचित्त रहेको बताए ।

उनले देशको क्रियाशील जनशक्ति ६० प्रतिशत र युवा जनशक्तिको संख्या ४० प्रतिशतभन्दा बढी रहेको बताउदै युवा शक्ति देश विकासको एउटा आधार भएको जिकिर गरे । प्रधानमन्त्री ओलीले युवा जनशक्तिको लगभग २५ प्रतिशत देशबाहिर जाने, त्यसमध्ये केही अध्ययनका लागि र केही रोजगारीका लागि जाने अवस्था रहेको बताए

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board