नेपालमा थप ८ जनाको मृत्यु, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । एकै दिनमा पुष्टि भएको यो मृत्युको संख्या सर्वाधिक हो । योसँगै हालसम्म कोरोना भाईरस (कोभिड-१९) बाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २४,४३२ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले देशभरि ७,६१३ जनामा सक्रिय सङ्क्रमण रहेको बताए । हालसम्म कोरोना संक्रमणबाट १६,७२८ निको भई घर फर्किएका छन् । भने विगत २४ घण्टामा ६४ जना (कोभिड-१९) मुक्त प्रमाणित भएका थिए।

को हुन् ज्यान गुमाउनेहरु ?
पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमण ज्यान गुमाउनेहरुमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जना रहेका छन् ।

यसअघि असार ४ गते ६७१ जना, असार १० गते ६२९ जना र असार १९ गते ७४० जना सङ्क्रमित फेला परेका थिए। अहिले देशभरि १४,८४८ जना क्वारन्टीनमा भएको मन्त्रालयले जनाएको छ।

थप ४८४ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितको कुल सं‌ख्या नेपालमा २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।

उपत्यकामा १३८ जना नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी काठमाडौंका रहेका छन् । डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board