नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाईरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितको कुल सं‌ख्या नेपालमा २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।

उपत्यकामा थप १३८ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी काठमाडौंका रहेका छन् । डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।

थप आठ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । यो एकै दिनमा पुष्टि भएको मृत्यु भएको सर्वाधिक सङ्ख्या हो। यससँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board