जनकपुर, २८ साउन । कोरोना संक्रमणबाट महोत्तरीमा थप १ जनाको मृत्यु भएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका ४५ वर्षीय पुरुषमा मृत्यु भएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
मधुमेह र फोक्सोका रोगी रहेका उक्त पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो । हिजो मङ्गलबार महोत्तरीमा ११ जना संक्रमीत मध्य उनिमा समेत कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
मटिहानी नगरपालिकाका मेयर हरी मण्डलका अनुसार आइतबार नै अस्पतालमा भर्ना भए पनि सोमबार उनको स्वाब संकलन गरिएको थियो । सोही दिन राति ९ बजेतिर अस्पतालमै उनको मृत्यु भएको हो ।
अस्पतालमा मृत्यु भएका ती पुरुषको शवलाई गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि मंगलबार राति रिपोर्ट पोजेटिभ आएको मेयरको भनाई छ । अहिले मठिहानीको बजार क्षेत्र र वार्ड नम्बर ६ मा पुर्ण रुपेण सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । हालसम्म महोत्तरीमा मृतकको संख्या २ जना पुगेको छ ।
COMMENTS